नेतृत्व नछाड्ने पक्षमा प्रचण्ड, मंसिरमा महाधिवेशन नहुने सम्भावना बढ्यो
ratopati.com · Tue Sep 15 10:15:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आगामी मंसिर ११–१५ सम्म तय गरिएको एकता महाधिवेशन अन्ततः स्थगित हुने देखिएको छ । नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो । महाधिवेशन कार्यतालिका अनुसार कार्यप्रगति हुन नसकेपछि निर्धारित समयमा महाधिवेशन नहुने सम्भावना बढेर गएको हो ।
पार्टीका एक उच्चस्तरीय नेताले साबिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबिच देखिएको वैचारिक, सैद्धान्तिक र सांगठनिक भद्रगोल अन्त्य नभएसम्म महाधिवेशन हुन नसक्ने जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)