तीन पूर्वप्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी माेर्चाकाे ज्ञापनपत्र : शिक्षा, स्वास्थ्य र रोजगारीकाे मौलिक हक सुनिश्चित होस्
baahrakhari.com · Wed Jul 07 17:07:00 GMT 2021
काठमाडौं । संविधानले व्यवस्था गरेबमोजिम शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाइदिन भनी संयुक्त विद्यार्थी गठबन्धले तीन जना पूर्व प्रधानमन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षीय अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ) ले संयुक्त रूपमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रूपमा किटानी गरिएकाले सोही अनुसार कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निस्शुल्क हुनुपर्ने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)