मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल

nagariknews.nagariknetwork.com · Tue Jun 23 11:05:52 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा संकट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिए।

उनले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको बताए। “निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो,” उनले भने, “जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ।” पोखरेलले युवाहरूलाई पार्टीसँग जोड्न नसक्नु एमाले कमजोर देखिनुको एउटा प्रमुख कारण भएको उल्लेख गरे। युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय