मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित

barnanmedia.com · Tue Jun 23 11:03:02 GMT 2026

जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित दत्र्ता गरेको छ ।

प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गर्दै लुम्बिनीले दुई अङ्क जोडेको छ । टस जितेर लुम्बिनीले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रनको योगफलमा जोड्न सक्यो । कर्णालीका लागि गङ्गा खड्काले १४, अञ्जु गुरुङले १३ र तृष्णा विश्वकर्माले १२ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । कर्णालाई सस्तैमा समेट्न लुम्बिनी प्रदेशका मनिषा रानाले तीन, सुस्मिता भुसालले दुई तथा अञ्जि पाठकले एक विकेट हात पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)