चितवनमा कारकाे ठक्करबाट एककाे मृत्यु
ekantipur.com · Thu Jun 02 00:58:44 GMT 2022
चितवन — बुधबार साँझ पूर्वी चितवनकाे खैरहनीमा भारतीय नम्बर प्लेटकाे कारले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्ति चितवन कालिका नगरपालिका-४ घर भइ हाल खैरहनी -८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङ रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गकाे खैरहनी नगरपालिका-९ सिमलटाँडीमा उक्त दुर्घटना भएकाे थियाे ।
हिजाे साँझ सवा आठ बजे पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेकाे जेएच ०१ डीएक्स ७७४९ नम्बरकाे भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेकाे प्रदेश ०३-००५ प २६६० नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले कान्तिपुरलाई जानकारी दिए । ठक्करका कारणले माेटरसाइकल चालक गुरूङ गम्भीर घाइते भएका थिए । पुरानाे मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा उपचारका क्रममा हिजाे राति सवा नाै बजे गुरूङकाे मृत्यु भएकाे डिएसपी अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)