पहिरोले घर पुरिएपछि १० परिवार विस्थापनको जोखिममा
gorkhapatraonline.com · Tue Sep 15 10:24:33 GMT 2026

पुर्चौंडी नगरपालिका–८ लामुनीमा पहिरोले एक घर पुरिएको छ भने १० परिवार उच्च जोखिममा परेका छन् । सोमबार राति करिब ९ बजेतिर घरमाथिबाट खसेको पहिरोले स्थानीय गणेशदत्त जोशीको घर पूर्ण रूपमा पुरिएको हो ।
पहिरो खस्न थालेको आवाज आएपछि घरभित्र रहेका परिवारका सदस्य भागेर ज्यान जोगाउन सफल भएका थिए । पहिरोले घरसँगै अन्नपात र लत्ताकपडा पुरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)