जलवायु अनुकूलनमा निजी क्षेत्रलाई सक्रिय सहभागी गराउनुपर्छ : मन्त्री चौधरी
annapurnapost.com · Tue Sep 15 10:19:00 GMT 2026

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु अनुकूलन तथा न्यूनीकरणमा निजी क्षेत्रलाई सक्रिय सहभागी गराउनुपर्ने बताएकी छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको जलवायु सम्मेलनमा सम्बोधन गर्दै मन्त्री चौधरीले हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु-स्मार्ट कृषि र वातावरणमैत्री पर्यटनमा निजी लगानी प्रोत्साहित गर्नुपर्ने बताएकी हुन्।
उनले सरकारले निजी क्षेत्रलाई कर प्रोत्साहन, सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने बताइन्। जलवायु अनुकूल व्यवसायिक अभ्यास प्रवद्र्धनसँगै हरित रोजगारी र हरित उद्यमशीलता विकासमा जोड दिनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)