आइतबारको सार्वजनिक बिदा कटौती गर्न राप्रपा सांसदको माग
arthasansar.com · Tue Sep 15 10:25:21 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन बिदा दिने निर्णयले शैक्षिक संस्थाहरूको अध्ययन-अध्यापन गम्भीर रूपमा प्रभावित भएको बताए
आइतबारको बिदा कसैलाई पनि नचाहिएको बताउँदै उनले आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)