हवाई दुर्घटना बीमा बढाउँदा भाडादर बढ्न सक्ने सरकारको संकेत
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढाउँदा आन्तरिक हवाई भाडादरसमेत वृद्धि हुन सक्ने बताएका छन्।
मङ्गलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हालको २० हजार अमेरिकी डलरको बीमा दायित्वलाई बढाएर करिब एक लाख अमेरिकी डलर पुर्याउने तयारी रहेको जानकारी दिए। यसले वायुसेवा कम्पनीको लागत बढाउने भए पनि यात्रुको सुरक्षा र क्षतिपूर्तिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)