शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव
nepalsamaya.com · Tue Jun 23 11:10:34 GMT 2026

भरतपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन्।
चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताइन्। उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने बताइन। नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत् लाइन काटिएको र नीति, प्रक्रियामा आई सञ्चालन भएका उद्योगलाई छुटसहित सहयोग गरिएको मन्त्री यादबले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)