मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेष अदालतमा विष्णु पौडेलमाथि म्याद थपको बहस (लाइभ)

onlinekhabar.com · Tue Jun 23 11:07:30 GMT 2026

९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो ।

अहिले उनीविरुद्ध म्याद थपका लागि वकिलहरूले इजलासमा बहस गरिरहेका छन् ।

सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाडौं ल्याइपुर्‍याइएको हो ।

अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेलपक्षका वकिलहरूले बहस गरिरहेका छन् ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय