जलन उपचार सेवा विस्तार , १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
corporatenepal.com · Tue Jun 23 11:05:23 GMT 2026

काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ । १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम प्रदान गरिएको छ । यस पहलबाट सर्वसाधारणले नजिकैका अस्पतालमै प्रारम्भिक जलन उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ