अधिकार र कर्तव्यबीचको सेतु ‘नागरिक शिक्षा’
rajdhanidaily.com · Sun Nov 30 22:50:12 GMT 2025

लोकतन्त्र र मानवअधिकारबीच अन्तरसम्बन्ध रहेको हुन्छ । लोकतान्त्रिक व्यवस्था भएका देशमा राज्यले हरेक नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अधिकार प्रदान गरेको हुन्छ । अहिले हाम्रो समाजमा अधिकार’bout यस्तै चर्का आवाज उठ्ने गरेका छन् । विभिन्न संघसंस्था मानवअधिकार क्षेत्रमा सक्रिय छन् । यो सकारात्मक पक्ष हो । तथापि, समाजमा अधिकार उपभोग गर्दा ‘कर्तव्य पनि पालना गर्नुपर्छ’ भन्ने चेतना अभाव देखिन्छ । ‘अधिकार र कर्तव्य एकसिक्काका दुई पाटा हुन्’ भन्ने चेतना विकास गर्नका लागि नागरिक शिक्षा आवश्यक ठानिन्छ । तर, समाजमा यही शिक्षा अभाव देखिन्छ ।
देश विकास गर्नका लागि सचेत समाज आवश्यक हुन्छ । कुनै पनि देश निर्माण गर्नका लागि नागरिक चेतना, अनुशासन, जिम्मेवारीबोध तथा सकारात्मक सोचजस्ता गुण अनिवार्य सर्त हुन् । हाम्रो समाजमा यी गुण अनुभव गर्न खासै पाइ“दैन । लोकतन्त्र अभ्यासक्रममा समाजमा अधिकार’bout बहसपैरवी हुने गरे पनि नागरिक कर्तव्य कतै चर्चासमेत हुने गरेको पाइ“दैन । नागरिकमा अधिकारस“गै गाँसिएर आउने कर्तव्य तथा जिम्मेवारीबोध किन अभाव भयो त ? समाजले अधिकार खोजी गर्दा कर्तव्यलाई किन हेक्का गर्दैनन् ? जवाफ सहज छ, समाजमा नागरिक शिक्षाको ज्ञान न्यून छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)