लिथुआनियामा नेटोले ड्रोन खसाल्यो
barnanmedia.com · Tue Sep 15 10:24:06 GMT 2026

रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकू विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् । राष्ट्रपति गितानास नौसेदाले मङ्गलबार उक्त जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्त्वपूर्ण भएको बताउनुभयो ।
लिथुआनियाली राष्ट्रिय रेडियो (एलआरटी) का अनुसार राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रको प्रारम्भिक विवरणमा ड्रोन छिमेकी बेलारुसबाट आएको र पश्चिमतर्फ गइरहेको थियो । ड्रोन देशको मध्य भागमा रहेको कौनास ताल नजिकको ग्रामीण क्षेत्रमा खसेको जनाइएको छ । विदेशमन्त्री केस्टुटिस बुड्रिसले लिथुआनियाको हवाई सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहयोगी राष्ट्रलाई धन्यवाद दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)