सकियो कृष्णभीरमा ट्रयाक खोल्ने काम, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक अध्ययनका आधारमा भदौ १९ गतेदेखि सुरु गरिएको यस कार्यमा पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। प्राविधिकहरूको निरन्तरको मेहनतपछि गत भदौ २८ गतेदेखि नै उक्त खण्डमा परीक्षणका रूपमा यातायात सेवा सञ्चालन भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)