विष्णु पौडेलमाथि म्याद थपका लागि बहस जारी
annapurnapost.com · Tue Jun 23 11:21:04 GMT 2026

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धानका लागि म्याद थपबारे विशेष अदालत काठमाडौंमा सुनुवाइ जारी छ। अहिले पौडेल तर्फका कानुन व्यवसायीको बहस जारी छ। दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अनुसन्धानका लागि म्याद थप गर्ने कि नगर्ने भन्ने निर्णय आउनेछ।
सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धानका लागि प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। पूर्वअर्थमन्त्री समेत रहेका उनी पार्टीको विशेष कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ