रास्वपा महाधिवेशनमा भेटिएका सरकारी इन्जिनियर भन्छन्- हेर्न मात्रै आएको हुँ
nepalpress.com · Tue Jun 23 11:27:49 GMT 2026

रुपन्देही । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा गएको फोटो सार्वजनिक भएपछि विवादमा तानिएका छन् । तर उनले काम विशेषले गएको बताए । रास्वपाको महाधिवेशन स्थलमा उनको फोटो सार्वजनिक भएसँगै उनी मात्र होइन सरकारी कर्मचारीले दलको राजनीति गर्न नहुने विषय उठाएको रास्वपालाई प्रश्न उठाएको छ ।
रास्वपाले सरकारी कर्मचारीलाई पार्टीमा आबद्ध नगराउने नीति रहेको बताउँदै आएको छ । रास्वपाको राजनीतिक मुक्त कर्मचारीको नीति अनुरूप सरकारले कर्मचारीहरूको ट्रेड युनियनसमेत खारेज गरिसकेको छ । रास्वपाले पार्टी समर्थक कर्मचारीको संगठन पनि निर्माण गरेको छैन ।
बुटवल उपमहानगरपालिकाको भवन निर्माण महाशाखामा प्राविधिकतर्फ अधिकृत आठौँ पदमा कार्यरत श्रेष्ठ महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएपछि भने त्यस विषयले चर्चा पाएको हो ।
तर इन्जिनियर श्रेष्ठले भने आफू चितवन भएर बुटवल फर्कने क्रममा महाधिवेशन स्थलमा हेर्न मात्र गएको दाबी गरेका छन् । रास्वपाको सदस्य वा प्रतिनिधि भएर गएको नगएको तर महाधिवेशनस्थल हेर्न मात्र पुगेको बेला साथीहरूले फोटो खिचेर राखिदिएको दाबी गर्दछन् ।
उनले यस्तो दाबी गरेपनि रास्वपाभित्र आगामी स्थानीय चुनावमा मेयरको उम्मेदवारको तयारी गरिरहेको कार्यकर्ताले जनाएका छन् ।
इन्जिनियर श्रेष्ठसँगै बुटवलमा एमालेको प्रभावशाली नेताकारुपमा रहेको प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठका सुपुत्र सुनिल श्रेष्ठपनि महाधिवेशनमा सहभागी भएको फोटो उनीसँगै सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)