उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयकको तयारी अन्तिम चरणमा
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक (रेगुलेटरी) र हवाई सेवा प्रदायक (सर्भिस प्रोभाइडर) गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी विधेयकको तयारी अघि बढाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मङ्गलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएका हुन्। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण बनाउने प्रस्तावसहितको विधेयक कानुनी रायका लागि समेत पेस भइसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)