कांग्रेस स्थानीय तहको अधिवेशनमा होमियो, समय अगावै सर्वसम्मत नेतृत्व चयन, माईले राख्यो रेकर्ड
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

इलाम । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि आगामी असोज ३ र ४ गतेका लागि स्थानीय तहको अधिवेशनको समय तोकिएकामा इलामको माई नगरपालिका ६ को वडा अधिवेशन सोमबार (भदौ २९ गते) नै सम्पन्न भएको छ ।
उक्त अधिवशेन सर्वसम्मत सम्पन्न भएको हो । हर्कबहादुर योङहाङको नेतृत्वमा माई ६ को कार्यसमिति चयन भएको छ भने १५ औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरिएको क्षेत्रीय प्रतिनिधिमा चयन भएका नेता सेमिहाङ योङहाङले जानकारी दिए । उनले निकै हौसिँदै हाम्राकुरालाई भने, 'हामीले कांग्रेसमा सर्वसम्मत गरेर उदाहरण प्रस्तुत गरेका छौँ । तोकिएको समय अगावै हामी एकजुट भएर कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सबै सर्वसम्मत गरेर अन्य स्थानीय तहलाई पनि हौस्याउन सफल भएका छौँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)