दसैँ आउन लाग्दा चङ्गा पसलमा चहलपहल (तस्बिरहरू)
makalukhabar.com · Tue Sep 15 10:38:52 GMT 2026

काठमाडौँ। कुनै समय दसैँको आगमनसँगै काठमाडौँको आकाश रङ्गीचङ्गी चङ्गाले भरिन्थ्यो। नयाँ लुगा लगाएर घरबाट निस्किएका बालबालिका र तन्नेरीहरू खुला चौर र छतमा लट्टाइ बोकेर चङ्गा उडाउन तँछाडमछाड गर्थे।
आकाशमा चङ्गा जुधाउने र चेट बनाउने प्रतिस्पर्धासँगै दसैँको छुट्टै रौनक देखिन्थ्यो। अहिले समय फेरिएको छ। हातमा लट्टाइ र आकाशमा चङ्गाको ठाउँ बिस्तारै स्मार्ट फोनको स्क्रिनले लिन थालेको छ। तर, दसैँ नजिकिएसँगै चङ्गा पसलमा देखिन थालेको चहलपहलले भने पुरानो दसैँको सम्झना अझै जीवित रहेको झल्काउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)