अमेरिकी रक्षा सचिवले चीन र ताइवानका बारेमा के बोले ?
annapurnapost.com · Sat May 30 15:54:39 GMT 2026

अमेरिकी रक्षा सचिव पिट हेगसेथले सिंगापुरमा आयोजित प्रमुख क्षेत्रीय रक्षा मञ्चमा अमेरिकी सेनाले इरान युद्ध जस्ता विश्वव्यापी जिम्मेवारीहरू पूरा गरेको बताएका छन्। उनले एसियालाई एक्लै नछोडेको समेत दाबी गरे। हेग्सेथले एसिया-प्रशान्त क्षेत्रप्रति अमेरिकाको प्रतिबद्धताको बारेमा सहयोगीहरूलाई आश्वस्त पार्ने प्रयास गरेका बीबीसीले उल्लेख गरेको छ।
यसमा ताइवानका लागि हतियार प्याकेज निलम्बन भए पनि हतियार सम्झौताहरू पूरा हुने आश्वासन समावेश छ। यद्यपि, उनले एसियाली साझेदार देशहरूलाई रक्षामा बढी खर्च गर्न आफ्नो अपील पनि दोहोर्याएका छन्। यस क्षेत्रमा चीनको बढ्दो सैन्य क्षमताबाट उत्पन्न खतरालाई उल्लेख गर्दै हेगसेथले अमेरिका अनावश्यक द्वन्द्वबाट बच्न चाहेको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)