मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’

ratopati.com · Tue Jun 23 11:31:40 GMT 2026

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न म्याद थप गर्ने विषयमा अदालतमा बहस भएको छ।

पौडेलको पक्षबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका छन्।

वरिष्ठ अधिवक्ता बडालले पौडेल भागेर जाने अवस्था नरहेको जिकिर गर्दै तत्काल जरुरी पक्राउ पुर्जी जारी गरेर थुनामा राख्नु उचित नभएको तर्क गरे। बहसका क्रममा बडालले पौडेल पूर्वनिर्धारित दलीय कार्यक्रममा व्यस्त रहिरहेको अवस्थामा एक्कासि किन पक्राउ गरियो भन्दै प्रश्न गरे।

उनले इजलाससमक्ष भने, ‘उहाँ पार्टीको सेड्युलअनुसार कार्यक्रममा रहिरहेको अवस्थामा तत्काल पक्राउ किन गरियो ? उहाँलाई बोलाएको भए आज आफैँ यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँलाई थुनामा नराखी बाहिरै राखेर अनुसन्धान होस्।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन मंगलबार अदालतसमक्ष २० दिनको म्याद थप गर्न माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय