मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापा पुगेर गगनले भने– अब कांग्रेस डिजिटल सिस्टममा चल्छ

corporatenepal.com · Tue Jun 23 11:28:20 GMT 2026

झापा । नेपाली कांग्रेसका सभापति गगन थापाले अब कांग्रेस डिजिटल सिस्टममा चल्ने बताएका छन् । झापामा मंगलवार आयोजित एक कार्यक्रममा उनले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणालीमा आधारित भएर अघि बढ्ने बताए ।

सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने थापाले बताए । पार्टीभित्रको इतर समूह, विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भलाई जोड्दै उनले यस्तो धारणा राखेका हुन्।

Advertisement

थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले आदर र माया गरे पनि वैधानिक रूपमा सदस्य स्वीकार नगर्ने बताए । ‘कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन । अब सिस्टमले नै चिन्दैन,’ उनले भने।

कांग्रेसमा नयाँ र सक्षम पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै थापाले खुसी व्यक्त गरे । पुरानो शैलीमा कुर्सी मात्र ओगटेर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने उनको भनाई थियो । कांग्रेस चलाउन सक्ने ‘एक से एक’ युवा साथीहरू आइसकेकाले अब उनीहरूले नै पार्टी सम्हाल्ने थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)