एनआईसी एशियाको हकप्रद सेयर जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
clickmandu.com · Tue Jun 23 11:29:00 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रति सेयर १०० अंकित दरका१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ कित्ता साधारण सेयरको दुई सेयर बराबर एक (२ः१) सेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण सेयर बराबर नयाँ १ (एक) कित्ता साधारण सेयर) को अनुपातमा साविकका सेयरधनीहरुको लागि ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ रुपैयाँ बराबरको प्रति कित्ता १०० (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ