मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

nepalbahas.com · Tue Jun 23 11:10:35 GMT 2026

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

९ असार, काठमाडौं । स्ट्रेट अफ होर्मुजकाबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले मंगलबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्षा बैठकमा बताए ।

तेल तथा ग्याँस आयातका लागि प्रमुख जलमार्गको रुपमा रहेको होर्मुजको हालको अवस्था अनिश्चित रहेको छ भने इरान र संयुक्त राज्य अमेरिकाको सहमति गत हप्ता पुनः खोलिएको थियो, तर तेहरानले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियामा यसलाई फेरि बन्द गरेको घोषणा गर्यो ।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले ब्रिक्स राष्ट्रका सुरक्षा प्रमुखहरूले भेट वार्ता पछि यसलाई पुनः खोल्नु स्वागत योग्य विषय भएको बताए ।

यसले आपूर्ति श्रृङ्खलाका बाधाहरू कम गर्न मद्दत गर्ने र रसायिनिक मल तथा अन्य आवश्यक वस्तुहरूको अभाव कम गर्ने डोभालले बताए । डोभालले सोमबार तेहरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ सदस्य इरानी अधिकारी गदिर नेजामिपुर र चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका थिए ।

रूस, दक्षिण अफ्रिका र ब्राजिल लगायत ब्रिक्सका अन्य प्रतिनिधिहरू पनि बैठकका लागि नयाँदिल्लीमा आएको जनाइएको छ । यसैबिच भारतका उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा भ्रमण गर्ने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग नयाँ चरणको बैठक सुरु गरेको जनाइएको छ ।

अमेरिका र भारतबिचको व्यापार सम्झौतालाई अन्तिम रूप दिन छलफल जारी रहेको भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल मार्फत जानकारी गराए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता जुन –१७ मा फ्रान्समा भएको जी–७ शिखर सम्मेलनको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट–वार्त गरेका थिए । जहाँ उनले व्यापार सम्झौताका लागि लामो समय देखि चलिरहेको वार्तामा उल्लेखनीय प्रगति भएको समेत बताएका थिए ।

सम्झौता अनुसार वासिङ्टन र नयाँदिल्लीले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५०० अर्ब अमरिकी डलर पुगाउने लक्ष्य राखेका छन् ।

विदेश

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

जो थिए सुरूमा पत्रकार, अहिले प्रधानमन्त्रीका बलिया दाबेदार: एन्डी बर्नह्याम

असार ९, २०८३ मंगलबार

होर्मुज आफ्नो नियन्त्रणमा रहेको इरानको दाबी, प्रतिक्षामा रहेका ४४१ तेल ट्यांकर सुचारु हुने अपेक्षा

असार ९, २०८३ मंगलबार

प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसंघ

असार ९, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

असार ८, २०८३ सोमबार

सुर्खेतबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

असार ८, २०८३ सोमबार

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

विशेष अदालतमा पौडेलमाथि म्याद थपको बहस जारी

असार ९, २०८३ मंगलबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित

असार ९, २०८३ मंगलबार

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

असार ९, २०८३ मंगलबार

सरकारले दिने भनेको २५ हजार लिएर ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई निर्देशन

असार ९, २०८३ मंगलबार

देशभरका अस्पतालमा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

असार ९, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)