यी हुन् रास्वपाको अधिवेशन हुन बाँकी जिल्लाहरू
shilapatra.com · Tue Jun 23 11:32:23 GMT 2026

रास्वपाको १३ जिल्लामा अधिवशेन हुन बाँकी छ । सोमबार पार्टीको प्रथम महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेस गरेका सांगठनिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
प्रतिवेदनमा अधिवेशन भएको पालिकाको संख्या ६०९ रहेको उल्लेख छ । त्यस्तै, अधिवेशन भएको वडा संख्या भने ४ हजार ३६३ रहेको जनाइएको छ ।
अधिवेशन हुन बाँकी जिल्लाहरूमा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा र सर्लाही छन् । त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भएर स्थगत भएका जिल्लाहरूमा सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
१७:१७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)