मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोलखामा कार दुर्घटना, ६ जना घाइते

baahrakhari.com · Tue Jun 23 11:30:24 GMT 2026

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–६, भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडकखण्डमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । कार अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय