नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तयार हुँदै छ : मन्त्री पौडेल
baahrakhari.com · Tue Sep 15 10:45:28 GMT 2026

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टा–छुट्टै निकायमा विभाजन गर्ने विधेयकको तयारी अघि बढाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मंगलबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् । ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी उनले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)