विदेश पठाउने भन्दै २३ लाखभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ
himalpress.com · Tue Jun 23 11:37:57 GMT 2026

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका-३ का ३४ वर्षीय टंकबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका-६ का ३४ वर्षीय मनीष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)