बुटवलको हिलपार्कमा सप्तर्षि धाम निर्माण
gorkhapatraonline.com · Tue Sep 15 10:51:50 GMT 2026

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न ७ हिलपार्कमा दुई करोड रुपिँयाभन्दा बढी लागतमा सप्तऋषि धाम निर्माण गरिएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘सप्तऋषि धाम नेपाल’ स्थापना गरि अरुन्धतीसहित सप्तऋषिको प्राणप्रतिष्ठा गरि मन्दिर उद्घाटन गरिएको हो ।
मानवता, ज्ञान र संस्कृतिको साझा आधारका रूपमा धाम विकास गर्ने उद्देश्यसहित धाम बनाइएको अध्यक्ष यदुनाथ पाण्डेले बताउनुभयो । धामलाई धार्मिक आस्थाको केन्द्रसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)