मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
nepalsamaya.com · Tue Jun 23 11:43:41 GMT 2026

भरतपुर। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेकी छन्। मङ्गलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुगेकी मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन्। नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)