मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीको ब्रेकफास्टमा माछाका काँडा भेटिएपछि होटलका दुई भान्से प्रहरी नियन्त्रणमा

nepalpress.com · Tue Jun 23 11:45:19 GMT 2026

चितवन । पार्टीको महाधिवेशनको सिलसिलामा यहाँ रहेका गृहमन्त्री सुधन गुरुङको अम्लेटमा काँडा भेटिएपछि होटलका २ कामदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान एयरपोर्ट अगाडिको लर्ड होटलमा ब्रेकफास्टमा अम्लेट खानेक्रममा दुईवटा माछाको काँडा भेटिएपछि २ जना कुकलाई नियन्त्रणमा लिइएको चितवनका एसपी रामेश्वर पौडेलले नेपाल प्रेसलाई बताए ।

‘भान्छामा खानेकुरा बनाउने दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो’, उनले भने ।

अम्लेटमा माछाको काँडा भेटिएपछि प्रमुख जिल्ला अधिकारीसहित खाद्य, प्रहरी लगायतको टोलीले लर्ड होटलको किचनको अनुगमन समेत गरेको छ ।

चितवनमा रास्वपा महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खुवाउने खाना स्वस्थ होस् भनेर होटलहरूको अनुगमन तीव्र बनाइएको पनि उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)