मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सदस्यमा महिला आकर्षण न्यून, सातवटै प्रदेशमा पुरुषकै वर्चस्व

shilapatra.com · Tue Jun 23 11:42:27 GMT 2026

गत निर्वाचनबाट सबैभन्दा ठूलो दल भएको रास्वपा सदस्यमा महिला आकर्षण न्यून देखिएको छ । ५ लाख २३ हजार ४६५ सदस्यमा पुरुष ७५.८ प्रतिशत देखिँदा महिलाको संख्या १७.२ प्रतिशत देखिएको छ ।

कोशीका ७३ हजार ३५५ सदस्यमा पुरुषको सदस्यको संख्या ५५ हजार ७७३ र महिलाको संख्या, १२ हजार ८ सय ५८ रहेको छ । मधेशका एक लाख २१ हजार ८९९ सदस्यमा पुरुष ९२ हजार ५०४ र महिलाको सदस्यको संख्या २५ हजार २४१ रहेको छ ।

सम्बन्धित समाचार

५ लाख नाघे रास्वपाका सदस्य, कुन प्रदेशबाट कति ? [पूर्ण पाठ]

बागमतीका एक लाख सात हजार ३२० सदस्यमा पुरुष ७९ हजार ९७२ र महिला १६ हजार ८५३ जना छन् । गण्डकीका ६१ हजार ९ सय ३५ सदस्यमा पुरुष ४३ हजार २५६ र महिला ११ हजार ७ सय ३७ जना छन् । लुम्बिनीका ७५ हजार ९६२ सदस्यमा पुरुष ५६ हजार ९७७ र महिला १३ हजार ३१८ जना देखिएका छन् ।

कर्णालीका २७ हजार तीन सय २५ सदस्यमा पुरुष २२ हजार ४५९ र महिला ३ हजार १७२ जना छन् । सुदूरपश्चिम प्रदेशका ५५ हजार ६७९ सदस्यमा पुरुष ४५ हजार ८४८ र महिला ६ हजार सात १७ जना रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

१७:२७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)