रास्वपा सांसद कार्कीको टिप्पणी- अब संसद्मा कसैले ‘ओइ म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ
nepalpress.com · Tue Sep 15 10:55:42 GMT 2026

काठमाडौं । रास्वपाका सांसद गणेश कार्कीले संसद्मा सांसदहरूको भूमिका प्रभावकारी नभएको भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूको भूमिका सदनमा प्रभावकारी नभएको भन्दै समीक्षा गर्नुपर्ने बताए।
उनले भने, ‘सरकारबाट के आउँछ र समर्थन वा विरोधमा ढ्यापढ्याप पारौँ भनेर मात्रै कोही सांसद हुँदैन। आफ्नो विवेक, ऊर्जा र समय यो समयभित्र देश र नागरिकका लागि प्रयोग गरौँ भन्नेमा ध्यान हुन्छ। यसका लागि हामीले स्रोत, साधन पनि विभिन्न किसिमले प्रयोग गर्छौँ। त्यही स्रोत साधन प्रयोग गर्दागर्दै हामी अहिले एआईको युगमा प्रवेश गरेका छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)