घरमा छापा मारेर १५८ केजी गाँजा बरामद
annapurnapost.com · Thu Jun 25 16:16:43 GMT 2026

वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-४ मा सशस्त्र प्रहरीले कर्डन एण्ड सर्च अप्रेसन सञ्चालन गरेर ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
अप्रेसनअन्तर्गत बिहीबार सीमा सुरक्षा गुल्म हेडक्वाटर भीखमपुर र सुवर्णपुरबाट खटिएको ५४ जना सशस्त्र प्रहरीको टोलीले ठोरी-४ मिलचोकस्थित गम्भीर श्रेष्ठको घरमा छापा मारेको थियो। त्यसक्रममा श्रेष्ठको घरभित्र लुकाएर राखिएको अवस्थामा ११ वटा बोरामा रहेको १५८ केजी गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)