च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियाद्वारा ऐतिहासिक रन चेज
neplays.com · Wed Feb 26 17:22:15 GMT 2025
आइसीसी च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियाले ऐतिहासिक रन चेज गरेको छ । पाकिस्तानको लाहोरमा भएको खेलमा इंग्ल्याण्डले दिएको ३५२ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाएर १५ बल बाँकी छँदै पूरा गरेको हो ।
अष्ट्रेलियाले च्याम्पियन्स ट्रफी इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको ३५२ रनको विशाल लक्ष्य अष्ट्रेलियाले ४७.३ ओभरमै पूरा गर्दै ऐतिहासिक जित हात पारेको हो । जोश इङ्लिसले मार्क वुडको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)