रास्वपा महामन्त्रीको प्रतिवेदन- हामी केवल सरकार चलाइरहेका छैनौँ, राज्य पुनःनिर्माण गरिरहेका छौँ
nepalpress.com · Tue Jun 23 11:47:35 GMT 2026

काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीले सरकार मात्रै चलाइरहेको नभएर राज्य पुनःनिर्माण गरिरहेको बताएका छन्।
जारी महाधिवेशनमा पेश गरेको सांगठानिक प्रतिवेदनमा पार्टीले ल्याएको परिवर्तनमा अवसरसँगै ठुलो जोखिम पनि रहेको बताएका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘हामीले ल्याएको यो परिवर्तन ऐतिहासिक हो, तर यस ऐतिहासिक क्षणसँग ठुलो अवसरसँगै ठुलो जोखिम पनि जोडिएको छ । परिवर्तन ल्याउन सजिलो हुन्छ, तर परिवर्तनलाई संस्थागत रूपमा टिकाउनु नै सबैभन्दा कठिन काम हो ।’
उनले यो अवसरलाई संस्थागत रूपान्तरणमा बदल्न सक्यौँ भने नेपाल २१औँ शताब्दीको एक नयाँ लोकतान्त्रिक शासन मोडेल बन्ने उल्लेख गरेका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘अन्यथा यो केवल अर्को अधुरो राजनीतिक अध्यायमा सीमित हुनेछ । म स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी केवल सरकार चलाइरहेका छैनौँ, हामी राज्य पुनःनिर्माण गरिरहेका छौँ । हामी केवल सङ्गठन विस्तार गरिरहेका छैनौँ, हामी नयाँ राजनीतिक वैधताको आधार निर्माण गरिरहेका छौँ । हामी लोकतन्त्रको नयाँ परिभाषालेखिरहेका छौँ ।’
उनले जेनजी आन्दोलन केवल सडकको आक्रोश, भीड वा क्षणिक असन्तोष मात्रै नभएको उल्लेख गरेका छन्। कुनै आकस्मिक विस्फोट नभई दशकौँदेखि जम्मा भएको राजनीतिक निराशा, संस्थागत असफललगायको कारण औँल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ