मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

डिगो ओटीटीले पायो कानूनी मान्यता, फिफा विश्वकपदेखि वेब सिरिजसम्म स्ट्रिमिङ

newsofnepal.com · Tue Jun 23 11:46:45 GMT 2026

काठमाडौँ।

नेपाल सरकारले पहिलो पटक ओटीटी सेवा प्रदायकलाई औपचारिक इजाजत प्रदान गरेको छ। डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित ओटीटी प्लेटफर्म ‘डिगो’ले सूचना तथा प्रसारण विभागबाट सोमबार इजाजत पत्र प्राप्त गरेको हो।

विभागका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गर्दै करिब १ करोड रुपैयाँ दस्तुर तिरेपछि डिगोले इजाजत पत्र प्राप्त गरेको हो। यससँगै नेपालमा ओटीटी सेवा कानूनी दायरामा ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

सरकारले हालै राष्ट्रिय प्रसारण नियमावली संशोधन गर्दै ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार पहिलो इजाजत डिगोलाई प्रदान गरिएको हो।

डिगोले हाल फिफा विश्वकप २०२६ सहित विभिन्न लाइभ खेलकुद कार्यक्रम, फिल्म, वेब सिरिज, टेलिभिजन कार्यक्रम, डकुमेन्ट्री तथा अन्य डिजिटल सामग्री स्ट्रिमिङ गर्दै आएको छ।

यसैबीच, अन्य ओटीटी सेवा प्रदायकहरू जस्तै नेट टिभी प्रालि र एनसेलले पनि इजाजतका लागि आवेदन दिएका छन्। सरकारको यो कदमले नेपालमा डिजिटल मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र नियमन गर्ने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)