जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
ratopati.com · Tue Sep 15 11:02:43 GMT 2026

बर्लिन । पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ ।
विमानले पश्चिम–मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइन–वेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्क विहिन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो । विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट सँस्थामा दर्ता गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)