संस्थापन पक्षले गर्ने महाधिवेशनमा भाग नलिन देउवाको अपिल
nepallive.com · Tue Sep 15 11:03:27 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
मंगलबार अपील जारी गरी देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत ‘विशेष महाधिवेशन’का नाममा गतिविधि भइरहेको दाबी गरेका छन् । उनले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नहुँदै त्यससम्बन्धी प्रक्रिया अघि बढाउनु उचित नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)