धार्मिक स्थलमा अवाञ्छित गतिविधि रोक्न प्रहरी सक्रिय
gorkhapatraonline.com · Tue Sep 15 11:06:39 GMT 2026

धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा अवाञ्छित गतिविधि हुन नदिन तनहुँ प्रहरीले निगरानी र सुरक्षा सक्रियता बढाएको छ । स्थानीयवासीबाट जनगुनासो आएपछि प्रहरीले व्यास नगरपालिका–३ स्थित पञ्चमन्दिर क्षेत्रमा रहेको झाडी मंगलबार सफा गरेको छ ।
पञ्चमन्दिर क्षेत्रमा झाडी बढेपछि सामाजिक मर्यादाविपरीतका गतिविधि हुनसक्ने भन्दै स्थानीयवासीबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा गुनासो पुगेको थियो । गुनासोपछि प्रहरी टोली उक्त क्षेत्रमा पुगेर स्थानीयवासीको सहयोगमा झाडी सफा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले धार्मिक तथा सार्वजनिक महत्वका स्थलको सुरक्षा र संरक्षणमा प्रहरी संवेदनशील रहेको बताउनुभयो । धार्मिक स्थलमा कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन प्रहरीबाट आवश्यक निगरानी र समन्वय गरिने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)