डाक्टरले चलाएको कारले ठक्कर दिँदा प्रहरीका वरिष्ठ सईको मृत्यु
annapurnapost.com · Tue Jun 23 11:57:53 GMT 2026

विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । दुर्घटनामा संलग्न कार चालक रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजेतिर दुर्घटना भएको हो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)