मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

श्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन

gorkhapatraonline.com · Tue Jun 23 12:05:53 GMT 2026

श्रीलङ्कामा तीव्ररूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन् ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्य संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । उनीहरूले लामखुट्टे प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने छन् । डेङ्गु ज्वरोले उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी, बान्ता, मांसपेशी दुखाइ जस्ता लक्षण देखाउने र गम्भीर अवस्थामा रक्तस्रावसहित मृत्युसमेत हुन सक्ने स्वास्थ्य अधिकारीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)