भूमि प्रशासन सेवा सञ्चालनमा
barnanmedia.com · Tue Jun 23 12:02:26 GMT 2026

रोशी र भुम्लु गाउँपालिकामा भूमि प्रशासन (मालपोत र नापी) सेवा सुरु गरिएको छ । रोशीले सोमबार र भुम्लु गाउँपालिकाले गत शुक्रबारदेखि सेवा सुरु गरेका हुन् ।
रोशी गाउँपालिका–७ का मोहनसिं लामालाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गर्नुभएको हो । सरकारले पहिलो चरणमा ३५ वटा स्थानीय तहमा भूमि प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेकामा काभ्रेपलाञ्चोकका रोशी र भूम्लु गाउँपालिका छनोटमा परेका थिए । यसअघि भूमि प्रशासन तथा नापी र मालपोत सेवा जिल्लास्थित कार्यालयबाट मात्रै हुने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)