हराएको डेढ महिनापछि भेटियो शव
gorkhapatraonline.com · Sat May 30 16:41:59 GMT 2026

डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि भेटिएको छ ।
वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका –३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उहाँहरूको जिम्मा लगाइएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)