अवकासको मुखमा रहेका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस
ratopati.com · Tue Sep 15 11:24:24 GMT 2026

काठमाडौँ । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे आउँदो असार ३ गतेबाट ६३ वर्षको उमेर हदका कारण अवकासमा जाँदै छन् । २०२० साल असोज ४ गते जन्मेका बेलबासेलाई नियमित अवकासमा जान नपाउँदै मंगलबार न्याय परिषद्को बैठकबाट उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापन हुने गरी सिफारिस गरिएको हो ।
न्याय परिषद्को बुलेटिन अनुसार उनी जिल्ला न्यायाधीशको बरियात सूचीमा १३ औँ नम्बरमा पर्छन् । उच्च अदालतमा पाँच जना न्यायाधीश खाली रहेकोमा न्याय परिषद बैठकले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)