मकवानपुरमा इभी दुर्घटना : चारको मृत्यु, चार जना घाइते
nepalnews.com · Tue Sep 15 11:21:07 GMT 2026

हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौंबाट हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी आज दिउँसो २ः०० बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)