प्रभु बैंकद्वारा आयोजित कार्यक्रममा ३२१ जनाले गरे रक्तदान
corporatenepal.com · Tue Sep 15 11:17:33 GMT 2026

काठमाडौं । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत आज देशको सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।
यहि क्रममा सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालयहरु बाग्मती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशमा बुटबल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदुर–पश्चिम प्रदेशमा धनगढी शाखा गरी एकै समयमा केन्द्रीय कार्यालय सहित बंैकका ८ वटा शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरु बाट ३२१ पिन्ट रगत संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)