बिर्तामोडमा असोज २ देखि ‘इक्यान लिडर्स मिट ३.०’ हुँदै
kendrabindu.com · Tue Sep 15 11:20:59 GMT 2026

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘इक्यान लिडर्स मिट ३.०’ झापाको बिर्तामोडमा आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता विकास, संस्थागत सुदृढीकरण तथा राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
इक्यान झापा शाखाले सोमबार पत्रकार सम्मेलन गर्दै असोज २ देखि ४ गतेसम्म हुने कार्यक्रमको आतिथ्य आफूले गर्ने जनाएको छ। इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीका अनुसार देशभरका इक्यान नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)