मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिया निर्यात खस्कियो, एघार महिनामा साढे ३ अर्बको मात्रै निर्यात

corporatenepal.com · Tue Jun 23 12:06:08 GMT 2026

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट साढे ३ अर्ब रुपियाँभन्दाबढीको चिया निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालबाट ३ अर्ब ५१ करोड ४३ लाख रुपियाँको चिया निर्यात भएको हो ।

Advertisement

गत वर्षको तुलनामा यस वर्ष चिया निर्यात खस्किएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब २० करोड रुपियाँको चिया निर्यात भएको थियो । केही महिना देखि नै भारतले नेपाल चिया निर्यातमा विभिन्न बखेडाहरु झिक्दै आएकाले यस वर्ष निर्यात घटेको हो । अहिले पनि चिया निर्यात् ठप्प रहेको छ ।

विभागको तथ्याङ्कअनुसार यस अवधिमा नेपालबाट कुल १ करोड १७ लाख किलोग्राम (११ हजार मेट्रिक टन) चिया बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भने १ करोड ४६ लाख (१४ हजार मेट्रिक टन ) चिया विभिन्न देशहरुमा निर्यात भएको थियो ।

नेपालमा उत्पादित सिटिसि र अर्थोडक्स चियाको ठूलो हिस्सा छिमेकी मुलुक भारत निर्यात हुने गरेको छ ।

भारतबाहेक जर्मनी, जापान, अमेरिका, अस्ट्रेलिया र केही युरोपेली मुलुकहरूमा समेत नेपाली अर्थोडक्स चियाको निर्यात हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय